अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका सबै खोप केन्द्रहरुमा आज साउन ५ र भोली ६ गते ५५ वर्ष माथि उमेर समुहलाई कोरोना बिरुद्दको पहिलो डोज भेरोसिल खोप लगाउनेको भिड लागेको छ ।
उता जिल्लाका सबै खोप केन्द्रहरुमा प्रभावकारी सुचना प्रवाहको अभावमा खोप लगाउनेको भिड बढेको हो ।
दुई दिन खोप लगाउने कार्यक्रम भएता पनि अस्पष्ट एंव अप्रभावकारी सुचना प्रवाहको कारण भिडभाड बढेको देखिन्छ ।
आज र भोलीको खोप कार्यक्रममा ५५ बर्ष भन्दा माथिको उमेर समूह, विश्वविद्यालय, विधालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संग्लन खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरु लगाउन सक्ने छन् ।
दुई दिन उमेर समुहका ब्यक्तिहरु उमेर खुल्ने प्रमाणपत्र र अन्य समुहका ब्यक्तिहरु आ-आफ्नो परिचयपत्र सहित सम्बन्धित वार्डको खोप केन्द्रमा आएर पहिलो डोज खोप लगाउन सक्ने छन् ।
साथै जोनसन खोप सिफारिस गरिएका लक्षित समूह र ५५ वर्ष मुनिको उमेर समूहका ब्यक्तिहरुको खोप कार्यक्रम केही दिनमा सार्वजनिक गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।