अर्घाखाँचीकी पुष्पा भुसाल पहिलो पटक मन्त्री हुँदै (पुष्पा भुसालको बारेमा)
श्रावण ५ गते, २०७८ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतम पहिलो पटक मन्त्री हुने भएकी छिन् ।
कांग्रेसबाट सरकारमा पुष्पा भुसाललाई पनि अब विस्तार गरिने मन्त्रिपरिषदमा सहभागी गराउने निश्चित भएको हो । उनलाई कुन मन्त्री बनाउने भन्ने अझै थाहा हुन सकेको छैन् ।
साथै भुसाललाई पनि मन्त्री बनाएपछि प्रमिला राईलाई सचेतक बनाउने तयारी भएको बताइएको छ ।
पुष्पा भुसालको बारेमा:-
पुष्पा भुसालको जन्म २०१७ साल फागुन १ गते अर्घाखाँचीमा भएको थियो । उनी यस अगाडि २०७० सालको संविधानसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट अर्घाखाँची क्षेत्र नं.२ बाट सभासदमा निर्वाचित भएकी थिईन् । यस्तै २०५६ को संसदीय निर्वाचनमा समेत सोही क्षेत्रबाट सहभागी भुषालले १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी छन् । कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर भुषाल अध्ययन गरेकी छिन् । नेपाल वार एसोसिएसनका केन्द्रीय सदस्य रहिकी भुसालका एक छोरी छन् । यस्तै २०१५ सालको बी.पी.कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका आफ्ना बुबा काशीनाथ गौतम २०१७ सालमा प्रजातन्त्रको हत्या भएपछि १४ वर्ष सपरिवार भारत निर्वासित हुँदा पुष्पा भुषाल पनि उनिसँग थिईन् । त्यही अबधिमा आफूले राजनीतिमा लाग्ने अठोट गरेको बताउने भुषाल २०२८ सालदेखि सक्रिय राजनीतिमा होमिएकी थिईन् । २०३६ सालमा नेवि संघबाट राजनीति सुरु गरेकी उनी पार्टीको केन्द्रीय कानुनी सल्लाहकार समितिका सदस्य, केन्द्रीय महिला विभाग सदस्य र नेपाल महिला संघको महासचिव पदमा रहीसकेकी छिन् ।