अर्घाखाँचीमा ३९ औँ बीपी स्मृति दिवस मनाइयो, छत्रदेवमा वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

२०७८ श्रावण ६, बुधवार मा प्रकासित

२०७८ श्रावण ६, बुधवारमा प्रकासित
हलिम खाँन
छत्रदेव, अर्घाखाँची   –   प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३९ औँ स्मृति दिवस बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्थाले मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरेको थियो ।
कोरोनाको जोखिम कायमै रहेकाले यी कार्यक्रम भौतिक दूरी कायम गर्दै वा जुम प्रविधिबाट गर्न पार्टीले निर्देशनसमेत दिएको थियो ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विक्रम सम्बत २०३९ साउन ६ गते निधन भएको थियो ।
उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याका छन् । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।
यस्तै आज नेपाली कांग्रेस छत्रदेव गाउँपालिका अर्घाखाँचीले बीपी कोइरालाको ३९ औँ स्मृति दिवस वृक्षारोपण कार्यक्रम गरेर मनाएको छ ।
छ्त्रदेव गाउँपालिकाको ठुलापोखरा चौवाह स्थित म्यालडाड बिपी बाल उत्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रर्यटन मन्त्री रेवती प्रसाद भुसाल , बिशिस्ट अतिथि नेपालि कांग्रेस अर्घाखाँचीका जिल्ला पार्टी सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) , नेपाली कांग्रेस पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल , अतीथी छबिलाल पौडेल , बिष्णु प्रसाद भुसाल , केशब श्रेष्ठ, , लेखनाथ पौडेल , तुलसी देबी श्रेष्ठ पुर्व पदाधिकारीको तर्फ देखी बाबुराम पौडेल र  नेपाल बिधार्थी  संंघका जिल्ला अध्यक्ष भरत मणि भट्टराई   रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी भुसालले बि.पिको बाल्यकालदेखि बि.पिले देशको लागि गरेका सम्पुर्ण कुराको जानकारीका बारेमा बताएका थिए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति मुस्कानले कांग्रेस प्रती जिल्लामा छत्रदेव गाउँपालिकाको ठूलो भुमिका रहेको र कांग्रेसको उर्वर भुमीमा आफुले सक्दो सहयोग जुनसुकै तवरबाट गर्ने बताएका छन ।
कार्यक्रम छत्रदेव गाउँपालिकाका सभापति बालकृष्ण पोख्रेलको अध्यक्षता ठुलापोखराका पार्टी सभापति खडानन्द पौडेलको स्वागत मन्तव्य र कमल पौडेलको संचालनमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु