अर्घाखाँचीबाट अब लामो दूरीका सबै सार्वजनिक यातायात सञ्चालनमा आउने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाबाट अब लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । 
जिल्लाबाट जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका हुन् । 
अर्घाखाँचीडट्कमलाई स्रोतले बताए अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीलाई पत्र पठाएर मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ। 
वैदेशिक रोजगार तथा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएको लगायतका कारणले गर्दा मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने बताइएको छ । 
अर्घाखाँचीभित्र भने यसअघि नै  सार्वजनिक बस सञ्चालनमा आइसकेका छन्।
जिल्लामा नवौ पटक पुन: साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ। गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।