अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा बाहिरबाट ल्याएर कोरोना खोप लगाएको आरोपमा प्रहरीले एक खाजा पसलका मालिक सहित केहीलाई प्रकाउ गरेको छ ।
जिल्ला बाहिरबाट ल्याएर कोरोना बिरुद्दको खोप लगाएको आरोपमा प्रहरीले वाङ्लाको संदेश नेवारी खाजा घरका साहुलाई प्रकाउ गरेको हो । खाजा घरका मालिकको परिचय बताइएको छैन् । यस्तै प्रहरीले खोप लगाउने समुह सबैलाई प्रकाउ गरेको बताइएको छ ।
वाङ्लाको संदेश नेवारी खाजा घरमा बुधवार साँझ जिल्ला बाहिरबाट ७ डोज कोरोना बिरुद्दको खोप लगाइएको थियो । कुन खोप त्यो पनि अहिलेसम्म खुल्न सकेको छैन् ।
वार्ड अध्यक्ष कृष्ण श्रेष्ठले नगरपालिकाबाट १७८ डोज खोप यहाँ आएको डट्कमलाई बताए । सबैको नाम लिस्ट सहित लगाएको पनि उनले बताए । स्वास्थ चौकीका ईन्चार्ज लाई बदनाम गराउने नियतले यसरी अबैध भ्याक्सिन ल्याएर लगाउने काम गरिएको रहेछ, उनले भने । वार्ड अध्यक्ष नै सम्बन्धित वार्डको स्वास्थ्य चौकीको अध्यक्ष पनि हुन् ।
साथै नेपालमा खोप लगाउन नपाएपछि भारतबाट खोप मगाएर लगाएको स्थानीयवासीको दावी गरेका छन् ।
प्रहरीले खोप लगाउने र खाजा पसलका मालिकलाई प्रकाउ गरी अनुसन्धान भईरहेको बताएको छ । उता जिल्ला बाहिर हो या भारतबाट हो अझै थाहा हुन नसकेको प्रहरीले बताएको छ ।