महेश भुसाल
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपालकै सबै भन्दा ठुलो नगरपालिका र जिल्लामा सबै भन्दा बढि आन्तरिक स्रोत भएको नगर पालिका मानिने शितगंगा नगरपालिकाको सिद्धाराबासीलाई अहिलेसम्म पनि बिरामी हुँदा डाँडी बनाएर बोक्न पर्ने अबस्था रहेको छ ।
पालिकाका वार्ड नं. ९ र १० का गाउँहरु बाटुले, लौरी, सामकोट, तल्लो सिद्धारा, डिही, लिसिकुना, कानाचौर, दुम्सी, लगाएतका गाँउहरुमा ८ घण्टा सम्म लगाएर बिरामी तथा खाद्यान्न बोक्नु परेको स्थानियले बताएका छन् ।
उनिहरु भन्छन्; प्रत्येक वडाअध्यक्षका आ–आफ्नै जे.सि.बी. ट्राक्टर, टिप्पर छन् बाटोमा आफै बजेट छुट्टाउँछन् अनि बर्षायाम सुरु हुनै लाग्दा बाटो खन्छन, पानी परेपछि बाटो नै रहदैन उनिहरुको गल्तीले हामीले सास्ती भोग्नु परेको छ ।
हिउँदमा प्रत्येक वर्ष बाटोमा बजेट छुट्टाउने तर बाटो खन्दा भने बैशाख , जेठमा भ्याई नभ्याई गर्छन हामीलाई त जेसिभी देख्न नपाएको मान्छेलाई जस्तो गराउछन, यसो देखाउनी लैजानी गर्छन् ।
नगरपालिकाले झन कर मात्रै थुपारेको तर नगरपालिकाको अनुभुति केही नभएको बताउन्छन् ।