डिभर्नाका रामपथको सडक वर्षाका कारण अस्तव्यस्त, कसैले चासाे दिएन्


अर्घाखाँचीडट्कम संवाददाता 
डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वार्ड नं ११ डिभर्नाका रामपथको सडक वर्षाका कारण अस्तव्यस्त भएको छ ।
डिभर्नाका रामपथको सडक वर्षाका कारण हिडडुल गर्न समेत नहुने गरी अस्तव्यस्त भएको हो  ।
बर्षाका कारण गाडी त के मान्छे समेत हिडडुल गर्न अप्ठ्यारो पर्ने गरि बाटाे बिग्रिएकाे स्थानियबासीले बताए ।
 
उक्त स्थानमा खाेल्साबाट आएकाे भलका कारण बाटाे बिग्रिएकाे देखिन्छ । साथै आफ्नाे व्याक्तिगत बाटाे लानकाे लागि नाली थुनिएकाे र उक्त नाली थुनिएकाे चासाे कुनै पनि जनप्रतिनिधि तथा स्थानीयले नलिएकाे गुनासाे उनिहरुको छ ।
रामपथ सडक वर्षा याम होस् कि हिउदमा अस्तव्यस्त देखिन्छ । भने सम्बन्धित निकायको अहिलेसम्म ध्यान पुग्न सकेको छैन् । 

अन्य समाचारहरु