अर्घाखाँचीडट्कम संवाददाता
वाङ्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ४ वाङ्लामा बाहिरबाट ल्याएर कोरोना खोप लगाएको समाचारको वार्ड कार्यालयले खण्डन गरेको छ ।
मध्यरातमा खोप लगाएको भनी भाईरल भएको तस्बिर । – फेसबूकबाट
वाङ्लाको संदेश नेवारी खाजा घरमा बुधवार साँझ जिल्ला बाहिरबाट ७ डोज कोरोना बिरुद्दको खोप लगाइएको भनी तस्बिर सामाजिक सन्जालमा भाईरल भएपछि उक्त समाचारको वार्ड कार्यालयले खण्डन गरेको हो ।
स्वास्थ्य चौकीको अध्यक्ष समेत रहेका वार्ड अध्यक्ष कृष्ण श्रेष्ठले शुक्रबार एक विज्ञप्ती जारी खाजा घरमा जिल्ला बाहिरबाट ल्याएर कोरोना बिरुद्दको भेरोसिल खोप लगाएको समाचारमा सत्यता नरहेको बताएका छन् । साथै स्वास्थ्य चौकीका कर्मचारीहरुसँग कुनै हुलिया नमिल्ने पनि बताएका छन् ।
विज्ञप्तीमा वार्ड अध्यक्ष श्रेष्ठले यतार्थ बुझेर समाचार बनाउन, सामाजिकमा फोटो पोस्ट गर्न अनुरोध पनि गरेका छन् । साथै श्रेष्ठले घटनाको छानविन गर्न नगरपालिका, प्रहरी प्रशासनलाई अनुरोध समेत गरेका छन् ।
उता यस अघि वार्ड अध्यक्ष कृष्ण श्रेष्ठले नगरपालिकाबाट १७८ डोज खोप यहाँ आएको डट्कमलाई बताएका थिए । सबैको नाम लिस्ट सहित लगाएको पनि उनले बताएका थिए ।
आज नै स्वास्थ चौकी सोही प्रकारको एक विज्ञप्ती जारी गरेको थियो । बदनाम गराउने नियतले वाङ्ला बाहिरको तस्बिर भाईरल गरेको बताइएको छ ।