अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला बाहिर भोलि शनिबारदेखि मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन्।
जिल्लाबाट जनस्वास्थ्यका मादपण्डको पूर्ण पालना गरेर भोलि शनिबारदेखि मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका हुन् । उता राजधानी काठमाडौंमा पनि त्यहाँको जिल्ला प्रशासन कार्यालयले लामो दूरीका सवारीसाधन चल्न दिने भएको छ ।
साथै यातायात व्यवसायीलाई तोकेको जनस्वास्थ्यका मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन एवं यात्रुलाई अनिवार्य टिकट काटेर यात्रा गर्न आग्रह गरिएको छ ।
वैदेशिक रोजगार तथा त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएको लगायतका कारणले गर्दा मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आउने बताइएको छ ।
अर्घाखाँचीभित्र भने यसअघि नै सार्वजनिक बस सञ्चालनमा आइसकेका छन्।
जिल्लामा नवौ पटक पुन: साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ। गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।