शितगंगा नगरपालिकाका विभिन्न वार्डहरुमा किसानहरू बदेलको आतंकले दिक्क


बिक्रम आचार्य रातो प्रेस
ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाका विभिन्न वार्डहरुमा जंगली जनावरले शितगंगाका विभिन्न स्थानका किसानले लगाएको मकैबाली क्षती पुर्‍याउन थालेको छ । शितगंगा नगरपालिकामा जंगली बदेलले मकैबाली नष्ट गर्न थालेपछि किसानहरू हैरान भएका छन् ।
शितगंगा गाउँपालिका – ६ बतासेका गोपाल नेपाली भुसालटोलका कमल भुसाल, पुस्कर भुसाल, किम बहादुर बिकले लगाएको मकैबाली जंगली बदेलले नष्ट गरेको छ ।
विगत २ हप्तायता रातको समयमा आउने जंगली बदेलको हुलले मकैबाली नष्ट गरेको बताए । बदेल धपाउनको लागी रातभर जाग्राम बस्नुपरेको किसानको भनाई रहेको छ ।
रातभर जाग्राम बसेर पनि मकैमा लागेको २५ डोकाजति घोगा बदेलले नष्ट गसिसकेको कमल भुसालले बताउनुभयो । बदेलले धानमा पनि क्षेति पुरायको उहाँको भनाई रहेको छ ।
यस्तै शितगंगा नगरपालिका २ खर्सकामा पनि बदेलले सतायको छ । स्थानीय केशब पौडेलले आफुले बुफर लगायर बदेल धपाउने प्रयत्न गरेको रातो प्रेसलाई बताए ।
त्यसैगरी वडा नं. ८, ९, १०, ११ मा पनि मकैमा घोगा लाग्ने समयमा दिनँहु आउने बदेलको हुलले नष्ट गर्न थालेपछी किसानहरु भोकमरी हुने भन्दै चिन्तीत बनेका छन् ।

अन्य समाचारहरु