प्रकाश प्युठानी
अड्गुरी, अर्घाखाँची (अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका बिभिन्न स्वास्थ चौकीमा आज गर्भवती र सुत्केरी महिलाहरुलाई गर्भवती पोषण अन्तर्गत अन्डा वितरण कार्यक्रम सम्पन्न भएको छ।
पाणिनी वार्ड नम्बर ७ मा रहेको अड्गुरी स्वास्थ्य चौकीमा ३२ गर्भवती र ५ सुत्केरीलाई पोषणयुक्त सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष गुनाखर अधिकारी स्वागत मन्तव्य स्वास्थ चौकी प्रमुख पुनाराम भुसालले राख्नुभएको थियोे ।
कार्यक्रममा वार्ड सदस्य टोपकली कब्दार वडासदस्य पदम महत्रा र स्वास्थचौकिबाट दिपक घिमिरे, चन्द्रा सुनारको उपस्थिति रहेको थियो । भने कार्यक्रमको संचालन बिष्णु घिमिरेले गर्नुभएको थियो ।