अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ७ जलुकेको कणेनी स्थित राप्ती खोला नदीमा एक पुरुषको नग्न सढेको अवस्थामा शव फेला परेको छ ।
जलुकेको कणेनी स्थित राप्ती खोला नदीमा अन्दाजी ३५/४० वर्षिय पुरुषको नग्न अवस्थामा शुक्रबार साँझ शव फेला परेको हो ।
प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका पुरुषको परिचय खुल्न सकेको छैन् । भने मोटो शरिर भएको, उचाई ५ फिट २ ईन्च भएको बताइएको छ ।
ठाडा र जलुकेबाट गएको प्रहरीले मृतकको घटनास्थल लाश जाँच मुचुल्का निकालेको छ । शरिरका बिभिन्न भागहरु सडिलगी औशिया किराहरु परेको- सढेको अबस्थामा फेला परेको प्रहरीको भनाई छ ।
साथै मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा पठाईएको छ ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।