झनक के.सी | अर्घाखाँचीडट्कम संवाददाता
सितापुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरमा प्रहरीको साइबर अपराध र मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सितापुरमा आईतबार प्रहरीको साइबर अपराध र मानव अधिकार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा यसै वाडका अध्यक्ष गोबर्धन थापा,विभिन्न पार्टिका प्रतिनिधीहरु, इप्रका ठाडाका प्रमुख सन्दिप बेल्बासे,विभिन्न स्कुलका प्रअ,क्लवहरु संघ सस्था स्थानिय बजारबासिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बेल्बासेले सामाजिक सामाजिक सञ्जाल प्रयोग गरी गाली गर्ने, वेभसाइट ह्याक गर्ने, विशिष्ट व्यक्तिको फोटो इडिट गरी स्वरूप परिर्वतन गर्ने, अश्लील फोटो/भिडियो पठाउने र सञ्जालमार्फत जिस्काउने, अपमान गर्ने जस्ता विषयमा कारबाहीका लागि निवेदन पर्ने गरेको छ। विगत ३ वर्षको तथ्यांक हेर्ने हो भने साइबर अपराधको घटना निकै बढेको देखिन्छ। लिंकरहरुले झुक्याएर पैसा उठाउनेहरुको बिगबिगीले गर्दा हाम्रो इलाकामा पनि केही घटना घटी सकेको बेल्बासेले जानकारी दिए ।
त्यसैले यी दुई पक्षलाई सन्तुलित ढंगमा अगाडि बढाउनु जरुरी छ। त्यसका लागि साइबर क्राइम के हो ? साइबार क्राइम कसरी भइरहेका छन् ?
कसरी निर्मुल गर्न सकिन्छ भनी अध्ययन/अनुसन्धान गर्ने, चेतनामूलक सामग्री उत्पादन र वितरण गर्नेसँगै अर्कोतिर अभिव्यक्ति स्वतन्त्रता र गोपनीयता संरक्षण गर्न देशमा निर्माण भइरहेका कानुन,कानुनको कमजोरी, कार्यान्वयनको अवस्थाबारे उत्तिकै अध्ययन र वकालत गर्ने हामी सबैको दाइत्यो भएकोले हामीले मिलेर कसरी समधान गर्ने सवैको जिम्मेवारी भएकोले वेलैमा सचेत रहन आग्रह समेत गरेका थिए ।