अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ३ र ४ ठाडाका वार्ड कार्यालय एक हप्ता बन्द हुने भएका छन् ।
तस्बिर: दिपेन्द्र पौडेल, अर्घाखाँचीडट्कम
शितगंगा नगरपालिका वार्ड नम्बर ३ र ४ ठाडाका वार्ड नम्बर ३ का वार्ड अध्यक्ष हेमनाथ भुसाल, वार्ड नम्बर ४ का वार्ड अध्यक्ष दामाेदर अधिकारी लगायत जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण भएको भन्दै दुवै वार्ड कार्यालय एक हप्ता बन्द हुने भएका हुन् ।
एकै ठाउँमा रहेका वार्ड कार्यालय १ हप्ताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएकाे छ ।