अर्घाखाँचीडट्कम संवाददाता
वाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ वाँगीका एक पुरूषको कोरोना संक्रमणका कारण निधन भएको छ ।
वाँगीका ९९ वर्षिय बृद्धको आईतबार कोरोना संक्रमणका कारण निधन भएको हो । उनको आफ्नै घरमा निधन भएको हो ।
बृद्धलाई निमोनियाका साथै श्वास-प्रस्वासमा समस्या थियो ।
यो सँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा १२, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।