किमडाँडा पुरा गाउँ वडाध्यक्ष इश्वरी भुसालको निधनले शोकमा डुब्यो (के गर्दैछ स्थानीय सरकारको अन्तरवार्ता सहित)


अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोना संक्रमणका कारण निधन भएपछि किमडाँडा शोकमा डुबेको छ ।

वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि किमडाँडा शोकमा डुबेको हो । साथै वडाध्यक्ष निधनको शोकमा भोली एक दिन वार्ड कार्यालय बन्द गरिने बताइएको छ । यस्तै भोली ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ । 
वार्ड अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज आइतबार मृत्यु भएको  थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
वार्ड अध्यक्ष स्व. भुसालले किमडाँडा स्थित श्री जनता कृष्ण उच्च मावीका पुर्व प्राचार्य, शिक्षक युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष तथा सन्धिखर्क नगर सामाजिक परिचालन समितिका संयोजक, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य थिए ।
 
शिक्षकबाट राजिनामा दिएर वार्ड अध्यक्ष
किमडाडाँको श्री जनता कृष्ण मावीका प्रध्यानाध्यापक रहेका भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ बाट चुनाव जितेका थिए ।
भुसालले ७५६ मत लिएर वार्ड अध्यक्ष पदमा विजयी भएका थिए । भने विपक्षी नेपाली काँग्रेसका हुम प्रसाद बन्जाडेले ६९२ मत ल्याएका थिए ।  यस्तै उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का हरि प्रसाद भुसालले १४१ मत, राष्ट्रिय जनमोर्चाका चन्‍द्र प्रसाद बन्‍जाडेले १२२ मत ल्याएका थिए ।
 
फोटो: फेसबूकबाट

अन्य समाचारहरु