खाँचीकोटमा स्व. इश्वरी प्रसाद भुसालको शोकसभा कार्यक्रम सम्पन्न (फोटो सहित)


केशब घिमिरे 
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ खाँचीकोटमा ८ का वडाध्यक्ष स्व. इश्वरी प्रसाद भुसालको  शोकसभा कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ वार्ड कार्यालयको आयोजनामा सोमबार वडाध्यक्ष स्व. भुसालको असामयीक निधनमा शोकसभा कार्यक्रम सम्पन्न भएको हो ।
वडाध्यक्ष  भुसालको असामयीक निधनले नगरपालिकामा एउटा असल अभिभावक गुमाउदा अपुरणिय क्षति भएको र उहाँले मन्तव्य राख्दै भुसालले देखाएको बाटो र प्रेरणा मा पार्टी अगाडि बढ्ने उपस्थितले बताएका थिए । 
उता भुसालको कोरोना संक्रमणका कारण निधन भएपछि शोक मनाउन नगरपालिका र सबै वार्ड कार्यालय बन्द हुने भएका छन् ।
सन्धिखर्क नगरपालिकाले  एक विज्ञप्ति जारी गर्दै वडाध्यक्ष भुसालको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ। 
वडाध्यक्ष भुसालको निधनप्रति शोक जनाउन आज सोमबारदेखि सन्धिखर्क नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण वार्ड कार्यालय साउन १७ गतेसम्मका लागि बिदा दिने निर्णय गरिएको जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
वडाध्यक्ष इश्वरी प्रसाद भुसालको आईतबार कोरोना संक्रमणका कारण निधन भएपछि सन्धिखर्क शोकमा डुबेको हो ।  यस्तै आज ११ गतेदेखि १५ गते सम्मको लागि पकले बजार बन्द गरिएको छ ।
वार्ड अध्यक्ष भुसालको उपचारको क्रममा काठमाण्डौको हेम्स अस्पतालमा ६१ बर्षको उमेरमा आज आइतबार मृत्यु भएको  थियो ।
भुसाल संक्रमण भए लगतै साउन ३ गतेदेखि  जिल्ला अस्पताल अर्घाखाँचीको आइसोलेसनमा उपचाररत थिए । भुसालको अबस्था गम्भीर बनेपछि साउन ७ गते बुधवार साँझ ५ बजे हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ लगिएको थियो ।
वार्ड अध्यक्ष स्व. भुसालले किमडाँडा स्थित श्री जनता कृष्ण उच्च मावीका पुर्व प्राचार्य, शिक्षक युनियन अर्घाखाँचीका पुर्व अध्यक्ष तथा सन्धिखर्क नगर सामाजिक परिचालन समितिका संयोजक, नेकपा (एमाले) जिल्ला सचिवालय सदस्य थिए ।
शिक्षकबाट राजिनामा दिएर वार्ड अध्यक्ष
किमडाडाँको श्री जनता कृष्ण मावीका प्रध्यानाध्यापक रहेका भुसालले २०७४ सालको स्थानिय निर्वाचनमा शिक्षकबाट राजिनामा दिएर नेकपा एमालेबाट सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ बाट चुनाव जितेका थिए ।
भुसालले ७५६ मत लिएर वार्ड अध्यक्ष पदमा विजयी भएका थिए । भने विपक्षी नेपाली काँग्रेसका हुम प्रसाद बन्जाडेले ६९२ मत ल्याएका थिए ।  यस्तै उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का हरि प्रसाद भुसालले १४१ मत, राष्ट्रिय जनमोर्चाका चन्‍द्र प्रसाद बन्‍जाडेले १२२ मत ल्याएका थिए ।
  कोरोना संक्रमणका कारण निधन भएका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्वर ८ किमडाँडाका वडाअध्यक्ष इश्वरी प्रसाद भुसालको काठमाडौं स्ठित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

अन्य समाचारहरु