अर्घाखाँचीमा आज सोमबार ६३ जनाले कोरोना जिते, ४८ जना संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ४८  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३९६  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १९७ जना, भूमिकास्थान नगरपालिकामा १०१,        शितगंगा नगरपालिकामा १७,    मालारानी गाउँपालिकामा ५३,         पाणिनी गाउँपालिकामा २३              र छत्रदेव गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या ३१६४  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १३६३  जना, भूमिकास्थान नगरपालिकामा ६११ जना,     शितगंगा नगरपालिकामा ३५४ जना,       मालारानी गाउँपालिकामा ३२१ जना,  पाणिनी गाउँपालिकामा २५७    जना  र छत्रदेव गाउँपालिकामा २५८  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लामा ६३  जनाले कोरोना जितेका छन् । साथै  जिल्लामा गत वर्षदेखि आजसम्म  २६९७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ११४५ जना, भूमिकास्थान नगरपालिकामा ४९५ जना,  शितगंगा नगरपालिकामा ३२५ जना,   मालारानी गाउँपालिकामा २५६ जना,    पाणिनी गाउँपालिकामा २२६ जना   र छत्रदेव गाउँपालिकामा २५०  जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७१ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २१  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२,     मालारानी गाउँपालिकामा १२,       पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
सोमबारको कोरोना विवरण यस्तो छ: