मालारानी गाउँपालिका- १ मा एकलौटी रूपमा रकम विनियोजित गरेको कांग्रेसको आरोप


अर्घाखाँचीडट्कम संवाददाता  
अर्घातोष, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर १   मा नेपाली कांग्रेसले वार्ड अध्यक्ष बालाकृष्ण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
आ.ब २0७८/0७९को बार्षिक योजनामा रकम विनियोजित गर्ने सिलसिलामा क्षेत्रीयताको आधारमा एकलौटी रूपमा रकम विनियोजित गरिएकोले अध्यक्षको ध्यानाकर्षण गरिएको हो।
उक्त पत्र बुझ्दै आचार्यले कांग्रेसको ध्यानाकर्षण पत्रलाई आफुले सकारात्मक रूपमा लिएको र तत्कालै वार्डको बैठकमा छलफल गराउने प्रतिबद्धता जनाउनु भएको छ।
उक्त ध्यानाकर्षण पत्र वार्डमा बुझाउने क्रममा सभापति भरत थापा उपसभापति लिलाम्वर आचार्य, प्रेम बहादुर पाण्डे, सचिब रविलाल भुसाल, स-सचिब मिनप्राद सुवेदी, सदस्यहरु ठाकुर प्रसाद खनाल, डिल बहादुर बि क, कुसुम  जि सी, चन्द्रकान्त भुसाल लगायत नेपाली कांग्रेस मालारानी १ गाउँकार्य समितिको नेतृत्वमा ध्यानाकर्षण पत्र आचार्यलाई बुझाईएको थियो।
सो कार्य उपर छलफल गरि माग सुनुवाइ नभएमा कांग्रेसले चरणबद्ध रूपमा रचनात्मक आन्दोलन गर्न बाध्य हुने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ।