ईश्वरी गुरुको संझनामा


भगवती पौडेल
सन्धिखर्क – ८
हाल , अमेरिका
समय नै कठोर बनेर आइदिएपछि कसैको केही नलाग्दो रहेछ । कोभिड – १९ ले कति धेरैको मन पिटीपिटी ध्वस्त बनाईदियो गणना गरि साध्ये नै भएन । एकातिर मनका विशाल महल गर्ल्याम्म पारिदियो भने अर्कोतिर बलिया मनका जगहरु हल्लाईदिएर कम्जोर पारिदियो । मनैमनले बुनेका सपनाहरु सुनाउने र तिनै सपनाहरुलाई साकार पार्न सुस्ताउने आधार शिविर नै नरहेपछि सपना देख्नेहरु पनि विचलित हुनु स्वभाविक हो । तर यो सृष्टी हामिहरु मध्ये कोही नरहे पनि निरन्तर चलिरहन्छ, यो शाष्वत सत्य हो ।
०७८ श्रावण ६ बुधबारको दिन एकाएक फेसबुकका स्टाटसहरुले झड्का दिएको दिन थियो । सायद अर्घाखॅाचीको सन्धिखर्क निवासीहरु अहिले संसारको जुनै कुनामा हुनुहुन्छ सबैलाई नै झड्का महॅसुस भएहोला जसरी मलाई अमेरिकामा भयो । कोभिड पोजेटिभ भएपछि स्थानिय जिल्ला अस्पतलमा उपचार गरिसकेपछि सुधार भएको र सोही दिन अस्पतालबाट डिस्चार्ज हुने कुरा भैसकेको अवस्थामा एकाएक स्वास्थ्य समस्या गम्भिर हुदै गएकोले आपतकालिन हेलिकप्टरको व्यवस्था गरि काठ्माण्डौ लगिएको खवर थियो स्टाटसहरुमा । त्यसपछि हरेकपलका पराकम्पनहरुले के हुने हो भन्ने त्राहीमाम सबैलाई भएको थियो । नभन्दै श्रावण १० गते आईतवारको दिन ठूलो क्षती भयो । अर्घाखॅाची सन्धिखर्कवासीले त्यो क्षेत्रका एउटा जिवित नक्षत्र गुमाउनु पर्यो । फेसबुकहरुमा एउटा कालो दिन , स्तबध, निशब्द जताततै भेटियो । त्यो दिन गुमाउनु परेका व्यक्तित्व हुनुहुन्थ्यो श्री जनता कृष्ण उच्चमाध्यमिक विद्यालयका पूर्व प्रधानाध्यपक हाम्रा श्रदेय गुरु ईश्वरी प्रसाद भुसाल ।
यसै पनि ग्रामीण ईलाकामा पठनपाठन गराउने अधिकंश  शिक्षकहरु विद्यार्थीहरुका हरेक शुखदुखका अविभावक हुन्छन् । उनिहरुले जेहन्दार र कम्जोर विद्यार्थीको घरायसी व्यवहार समेत थाहा पाउॅछन । अप्ठेरो अवस्थामा कसरी सघाउन सकिन्छ उपायहरुको खोजि गर्दछन् । यहॅा हामिले गुमाउनु परेका श्रद्देय व्यक्तित्व भुसाला केवल विद्यार्थीका शिक्षक मात्र नभएर त्यहॅाका हरेक परिवारका अविभावक हुनुहुन्थ्यो । पछिल्लो समयमा शिक्षासेवाबाट स्वेक्षिक अवकास लिएर जनताको प्रत्यक्ष मतदानबाट सन्धिखर्क नगरपालिकाको नगर सदस्य अर्थात वडा नंबर ८ को अदक्ष चुनिनु भएको थियो । 
यहॅा कक्षा एक देखि एस एल सि सम्म आफैले पढेको विद्यालयका प्रधानाध्यापक गुमाउनु परेको यो दुखद समयमा ईश्वरी सरको संझनामा मनमा लागेका भावना पोखेर सम्हालिने जमर्को मात्र गरेकी छु । परदेशमा रहॅदा सबै भन्दा बढी पीडा आफुलाई मायॅा र आदर गर्ने व्यक्तित्वहरु गुमाउनु पर्दा हुन्छ । पीडा कति गहिराईमा पुग्छ भन्ने कुरा केवल भोग्नेहरुले मात्र महशुस गर्न सक्छन । त्यो भोगाईको अनुभूत गर्ने म स्वयं पनि हु । मैले विगतका वर्षहरुदेखि नै आफ्नो आमा गुमाईसकेकी छु । सबैलाई आफ्ना खुशी, दुख, अनुभूति र अनुभवहरु सुनाउने ठाउॅ चाहिन्छ । यि सबै कुराहरु बोकेर विसाउन जाने ठाउॅमा एकपछि अर्को अविभावकहरु गुमाउनु पर्दा सायद सबैको मन विक्षिप्त हुन पुग्छ । विक्षिप्त मनलाई संहाल्न हामि सबैले सत्य स्वीकार गर्न सक्नु पर्छ ।
परको देशबाट अनुभूत गर्दा ईश्वरी सरको यो अकल्पनिय खवर एकैपटक सुन्नु परेको भए धेरैजनाको होसहवास उड्ने थियो । संयोग भनौ करिव चार दिनको समय भगवानसॅग प्रार्थना गरि सबै सुभचिन्तकहरुलाई मानसिक रुपमा तयार हुनका लागि थियो । कतैकतै झीनो आषामा उहॅाको अझै खॅाचो छ कतै चामत्कारिक प्रभावले निको भैहाल्छ कि भन्ने पनि थियो । तर त्यसो भएन । उहॅाको खॅाचो हामिलाई भन्दा माथि भगवानलाई नै रहेछ । टपक्क टिपिदिनु भयो ।
भनाई छ “अनिकालमा बीउ जोगाउनु हुलमुलमा जिउ जेगाउनु ।” कोभिड -१९ को महामारीले कति धेरैले ज्यान गुमाउनु परेको छ । यहॅा कति आमाहरु, कति बुवाहरु , दाजुभाई, दिदीबहिनीहरु, छोराछोरीहरु, प्रेमीप्रेमिकाहरु गुमाउनु परेको अवस्था छ । यो विषम परिवेषले जो कोही पनि एकाएक नरहन सकिन्छ है भन्ने संदेश दिएको छ । आखिर जन्मिएपछि मृत्यू त अवस्य छ । बाचुन्जेल आ-आफ्ना कर्तब्यमा कसरि रहने भन्ने सम्म सोच्यो भने क्षणिक लोभलालच र स्वार्थबाट मुक्त जिवन जिउन  सकिन्छ । जिउने क्रममा आफू, परिवार, समाज, देश र सिंगो मानव समूदायको भलाईको कामना मात्र गर्न सक्यो भने जिवन सार्थक हुनेछ । ईश्वरी सर जति जिउनु भयो सार्थक जिवन जिउनु भयो । उहॅाको संझनामा शोक गरेर सबै निष्क्रिय भएर नबसौ । बिहानीको घामका किरणहरुले झ्यालढोका घचेट्ने बेलासम्म नित्यकर्म सकेर दिनभरि समाजको लागि समय छुट्याउने सक्रीय गुरु ईश्वरी भुसालको अनुसरण गरौ । 
उहॅाको नाममा बृक्षारोपण गरौ, हिंड्ने बाटो बनाउॅ, सार्वजनिक यातायात कुर्ने मुख्य मुख्य ठाउॅ सुरक्षित बनाईदिउॅ । कमसेकम समाजसेवाको लागि सन्धिखर्क नगरपालिकाको वडा नम्बर ८ नमुना बनाउन कोशिष गरौं , शोकलाई शक्तिमा बदलौ । यसो गर्न सक्यो भने सरको आत्माले शान्ति पाउनेछ । हाम्रो समुदायले स्मरण गरिरहने छ । टाढाबाट भएपनि यि भावनाहरुको माध्यमबाट मेरो सहभागिता जनाएकी छु । श्रद्धेय ईश्वरी सर हार्दिक श्रद्धासुमन ।।। 

अन्य समाचारहरु