राताे प्रेस | अर्घाखाँचीडट्कम संवाददाता
वाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ वाँगीले समाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्ने अपांग वृद्धवृद्धालाई दिईने सामाजिक सुरक्षा भत्ताको सिफारिस गरेवापत लाग्ने रकम छुट दिएको छ ।
गाउँपालिकाले करको दायरामा ल्याउनको लागि हरेक सिपारिस गरे बापतको रकम तोकेरै पठाइएको छ । यस अघि बैंकसम्म जान नसक्नेको हकमा ३ सय रूपैँया लिइ सिपारिस गरिदै आएकोमा अबदेखि सिपारिस बापतको पैसा नलिने र पहिला लिएको रकम पनि फिर्ता गर्ने वडा नं. ५ का अध्यक्ष शोभाखर भुसालले बताउनु भयो ।
वडाअध्यक्ष शाेभाखर भुसालले यस अघिपनि जिल्लामै नमुना कार्य गरेका थिए ।
तर मालारानी गाउँपालिकाका अन्य सबै वार्डहरुले भने समाजिक सुरक्षा भत्ता लिनको लागि सिफारिस बनाउदा शुल्क लिदै आएका छन् ।