अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको वार्ड कार्यालय बन्द हुने भएको छ ।
बाँगीमा कोरोना संक्रमितको संख्या बढेको भन्दै भोली साउन १३ गतेदेखि साउन १८ गतेसम्म वार्ड कार्यालय बन्द हुने भएको हो ।
यहाँ कोरोनासँग मिल्दोजुल्दो लक्षणहरु देखा परेको वार्ड कार्यालयले निकालेको सुचनामा उल्लेख छ ।