अर्घाखाँचीडट्कम संवाददाता
पटाैटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ४ पटाैटीमा ५ बर्ष मुनिका २ जना बच्चामा कोरोना संक्रमण भएको छ ।
पटाैटी स्वास्थ्य चौकीमा आज मंगलवार गरिएको कोभिड एन्टिजेन परिक्षणको नतिजा ५ बर्ष मुनिका २ जना बच्चामा कोरोना संक्रमण भएको हो ।
यहाँ महिला ३३ पुरुष २८ जना गरी ६१ जनाको एन्टिजेन परिक्षण गरिएको थियो । जसमा महिला १७ पुरुष १६ जना गरी ३३ जनाको पोजेटिभ आएको छ ।
यस्तै मैदानको कोभिड अस्पतालमा ७ जनाको परिक्षण गर्दा ६ गरि संक्रमित थपिएका छन् ।
पाणिनी गाउँपालिकामा काेराेना संक्रमणका कारण गत वर्षदेखि हालसम्म ८ जनाको ज्यान गएको छ ।