अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहले साउन २१ गतेसम्म निषेधाज्ञा जारी राख्ने भएको छ। जिल्लाभर भने दशौ पटक थपिएको निषेधाज्ञा साउन २० गते आईतबार राती १२ बजेसम्म जारी रहने छ ।
खनदहमा एम्बुलेन्स बाहेक सबै भित्र निजी तथा सार्वजनिक सवारी साधन चल्न बन्द गरिएको छ । अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ६ बजेदेखि बिहान ९ बजेसम्म खोल्न दिईने भएको छ ।
यस्तै सभा, गोष्ठी, सम्मेलन गर्न परेमा वार्डको अनुमती लिन पर्ने छ । भने एक टोलबाट अर्को टोलमा ओहोर दोहोर गर्न पाईने छैन् ।
उता खनदहमा कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन घटेको छ ।
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जनजीवन अत्यन्त कष्टकर भएको छ ।