पाणिनीको मैदान लगायत सबै खोप केन्द्रहरुमा जोनसन एण्ड जोनसन खोप लगाउने क्रम जारी (फोटो, भिडियो सहित)


२०७८ श्रावण १४, विहीवारमा प्रकासित

चोलनाथ पौडेल
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । पाणिनी गाँउपालिका वडा नं ५ मैदान स्वास्थ्य चौकी (अस्ठायी कोरोना विशेष अस्पताल) मा साउन १४ गते जोनसन एण्ड जोनसन  खोप लगाउनेकाम सम्पन्न भएको छ । आज वैदेशिक रोज़गार लागी प्रकिया पुरा गरेका, अपांग क र ख वर्ग, सवारी चालक चालक, ६० माथीमा वृद्धवृद्धा, कर्मचारी विदेशमामिला सम्बन्धी पत्रकारले खोप लगाएका छन ।
पाणिनी गाँउपालिका वार्ड नं ५ स्वास्थ्य चौकी प्रमुख जगदीश घिमिरेले अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमन लाई वताए अनुसार दोस्रो दिन १५ साउनका दिन ५५ वर्ष माथीका सर्वसाधारण जनतालाई खोप लगाउन पत्रचार भएको छ ।
एक पटक मात्र लगाएपछि अर्कों लगाउन नपर्ने भनिएको जोनसनको खोप नेपालआईसकेपछि मात्र लगाउने प्रतीक्षामा रहेका अर्घाखाँची डटकम परराष्ट्र मामिलाव्युरो प्रमुख डिआरजी सुमन र अर्घीखाँची डटकम पाणिनी डेक्स प्रमुख चोलनाथपौडेलले पनि यस पटक खोप लगाउनु भएको छ ।
डिआरजी सुमनले पाणिनी ५ मैदान स्वास्थ्य चौकी र चोलनाथ पौडेलले पाणिनि १ पणेना स्वास्थ्य चौकिमा खोप लगाउने काम भएको छ ।
मैदानमा पहिलो दिन ८ जना वैदेशिक रोज़गारमा जाने युवाहरुले खोप लगाएकाछन । मैदान देखी विदेशमा जानेमा कतार,सउदीअरव,कुवैत र युएईको संख्याधेरै आएको स्वास्थ्य चौकि प्रमुख जगदीश घिमिरेले वताउनु भएको छ । आजै ५जना सवारी चालकले पनि खोप लगाएका छन । तस्वीर-भिंडियों: डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु