ढाकावाङले निषेधाज्ञालाई जारी राख्ने, पसलहरु दिनभर खुल्ने


अर्घाखाँचीडट्कम संवाददाता 
ढाकावाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङले निषेधाज्ञालाई जारी राख्ने भएको छ। जिल्लाभर भने एघारौ पटक थपिएको निषेधाज्ञा साउन ३० गते राती १२ बजेसम्म जारी रहने छ । 
ढाकावाङमा एम्बुलेन्स बाहेक सबै भित्र निजी तथा सार्वजनिक सवारी साधन चल्न बन्द गरिएको छ । यस्तै तीजका कार्यक्रममा रोक लगाइएको छ ।  अब खाद्यान्न बिक्रीका लागि किराना पसल लगायत स्वास्थ्य मापदण्ड पालना गरेर विहान ७ बजेदेखि साँझ ५ बजेसम्म खोल्न दिईने भएको छ । 
यस्तै  सभा, गोष्ठी, सम्मेलन गर्न परेमा वार्डको अनुमती लिन पर्ने छ । भने एक टोलबाट अर्को टोलमा ओहोर दोहोर गर्न पाईने छैन् ।
अर्घाखाँचीमा गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जनजीवन अत्यन्त कष्टकर भएको छ । 

अन्य समाचारहरु