विक्रम आचार्य रातो प्रेस
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ६ जुकेनाको दाङसिङ निवासी ३६ वर्षिय सिता खत्री विगत १ बर्ष देखि क्यान्सर रोगले थला परेकी छिन् ।
क्यान्सर पिडित खत्री हुमलाल भुसालको छोरी तथा तिलक खत्रीको श्रीमती हुन । खत्रीको विगत १ बर्ष देखि थला परेको बुटवलका हस्पिटल हुँदै भरतपुर विपि मेमोरियल क्यासर हस्पिटलमा समेत चेक गराएकी थिईन् । अहिले काठमाण्डौ विर हस्पिटलमा चेक गराउँदा खुट्टाको क्यासर भन्ने पत्ता लागेको अहिले विर हस्पिटलबाट किमो चडायर उपचार भई रहेको छ ।
आफुसंग भएको पैसा पटक पटक बुटवल, भैरहवा, भरतपुर उपचार गर्दा सकिएको भन्दै अहिले किमो चडायर उपचार गर्न आफुसंग आर्थिक अभाव रहेको उनको परिवार स्रोतले जनाएको छ । एक किमो चढाउन ५० हजार लाग्ने डाक्टरको सल्लाह अनुसार ४ पटक चढाउनु पर्ने भएकोले सहयोगी संघ संस्था साथै सहयोगी मन भएका नेपाली नागरिक सबैमा आफू सक्दो आर्थिक सहयोगका लागि उनका श्रीमान तीलक खत्रीले सबैमा अनुरोध गरेका छन ।
सहयोगको लागि निम्न नम्बरमा सम्पर्क गर्न परिवार स्रोतले अनुरोध गरेको छ ।
तिलक खत्री (श्रीमान) : ९८६४४४३७१२
विक्रम आचार्य : ९८४७५७८३२५