जय बहादुर रोकाय
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाँउपालिका-५, बाँगीको श्री शान्ति माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि भर्चुअल अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हाल कोरोना भाइरस बाट विस्व नै आक्रान्त भएको छ र जसको कारण भौतिक रुपमा विद्यालयमा पठनपाठन बन्द भए पनी वैकल्पिक शिक्षण विधी अन्तरगत अन्लाइन माध्यमबाट कक्षा ४ देखी कक्षा १२ सम्मका कक्षाहरु विद्यालयले सन्चालन गरिरहेको छ । उक्त अन्लाईन कक्षाबाट भइरहेको शैक्षिक गतिविधि तथा आगामी योजनाका सम्वन्धमा छलफल गर्न शिक्षक, विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थी हरूका अभिभावक हरू, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ विच सो भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक विच गुणस्तर सुधार गर्न आ-आफ्नो क्षेत्रवाट गर्नुपर्ने कार्यहरूको विच गम्भीर रूपमा छलफल गरिएको थियो । कार्यक्रममा अभिभावकहरूवाट शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नका लागि विभिन्न क्षेत्रबाट अभिभावकको प्रतिनीधित्व गर्दै अभिभावक हरी बहादुर चौहान, नेत्र थापा मगर, अर्जून प्रसाद घिमिरे, नाम्देब पोखरेल लगाएतका अभिभावकहरुले आफ्नो अमुल्य राय, शुझाब तथा प्रतिक्रया जनाउनु भएको थियो । बेलाबेलामा शिक्षक, विद्यार्थी र अभिभावक बिच छुट्टै भेला गराउने र उक्त भेला बाट विद्यार्थीहरुको पढाईको अवस्थाको बारेमा जानकारी लिने, विध्यार्थीले गरेको प्रगति विवरणको जानकारी हुनुपर्ने, शिक्षक अभिभावक वित्र मैत्रीपूर्ण वातावरणको सिर्जना गरि गलत वाटोतिर अग्रसर विद्यार्थी हरूलाई सहिबाटो तर्फ ल्याउनुपर्ने जस्ता सुझाव पाप्त भएको थियो ।
कार्यक्रममा बोल्दै मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले विद्यालय भर्चुअल माध्यमबाट कक्षाहरु संचालन गरिरहेको र भर्चुअल माध्यमबाट नै अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सन्चालन गर्दा आफु पनी कार्यक्रममा सहभागी हुन पाउदा अत्यन्तै खुसी लागेको बताउदै विद्यालय परिवारलाई धन्यवाद दिदै आगामी दिनहरुमा विद्यालयलाई आवस्यक पर्ने सहयोगहरु उप्लब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
उक्त भर्चुअल कार्यक्रममा बोल्दै मालारानी गाउँ पालिका वडा नं ५ का अध्यक्ष शोभाकर भूसालले हाल कोरोनाका कारण विस्व नै आक्रान्त भएको र शैक्षिक गतिबीधि भौतिक रुपमा सम्भव नभए पनी विद्यालयले वैकल्पिक शिक्षण विधीको माद्यमबाट पठनपाठन तथा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकोले खुशी व्यक्त गर्दै आगामी दिनमा पनी यसलाई जारी राख्न अनुरोध गर्नु भएको थियो र यही साउन १७ गते देखी कक्षा ११ र साउन ३१ देखी कक्षा १२ को परिक्षा संचालन हुने र स्वास्थ्य मापदण्ड पालना गर्दै परिक्षा गर्नु पर्ने भएकोले र विद्यालयलाई आवस्यक पर्ने स्वास्थ्य सामाग्रिहरु पनी उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
त्यस्तै विद्यालयका प्राविधिक धार तर्फका सम्योजक इन्जिनीयर जीवन खनालले अन्लाईन कक्षामा हुन सक्ने समस्या र त्यसको समाधानका उपायहरु बताउदै हाल विद्यालयमा पछील्लो समय भैरहेका शैक्षिक गतिबीधिहरुको भिडीयो सामाग्रि समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मान बहादुर पाण्डेले शैक्षिक स्तरको वृद्धि गर्न विद्यालयवाट मात्रै संभव नहुने भन्दै अभिभावकहरूको समेत सहयोग चाहिने स्पस्ट पार्नु भएको थियो । हाल विस्वनै कोरोना महामारीका कारण ठप्प भएपनी विद्यालयमा भर्चुअल माध्यमबाट पठनपाठन तथा विभीन्न भर्चुअल कार्यक्रमहरु संचालन भइरहेको र यो कार्य विद्यालयले मात्र नभई सम्पुर्ण शिक्षक, विद्यार्थी, अभिभावकहरु सहयोगबाट संचालन भइरहेको बताउनु भएको थियो । त्यस्तै प्र.अ पाण्डेले कार्यक्रम सबैको उत्साहजनक ऊपस्थिति रहेको भन्दै उक्त कार्यक्रममा ऊपस्थिति सम्पुर्णलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो ।
सो कार्यक्रममा सहायक प्र.अ तारा प्रसाद भुसाल, प्राविधिक धार तर्फका संयोजक इन्जिनीयर जिवन खनाल, मालारानी गाउँ पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्य, मालारानी गाउँपालिका वार्ड नं ५ का वार्ड अध्यक्ष शोभाकर भुसाल लगायताले मन्तव्य राख्नु भएको थियो ।
उक्त कार्यक्रम विद्यालयका प्र.अ मान बहादुर पाण्डेको अध्यक्षता, मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण शर्मा आचार्यको प्रमुख आतिथ्यता, मालारानी गाउँ पालिका वडा नं ५ का वार्ड अध्यक्ष शोभाखर भुसालको विशेष आतिथ्यता, विद्यालयका सहायक प्र.अ माधब प्रसाद पन्थीको स्वागत मन्तव्य, शिक्षक बसन्त बहादुर खड्का को सञ्चालनमा संपन्न भएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुको अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति सदस्यहरुसहितको उत्साहजनक उपस्थिति रहेको विद्यालयका प्राविधिक धार तर्फका सब इन्जिनियर जय बहादुर रोकायले जानकारि दिनु भयो ।