श्याम घिमिरे
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घामा लायन्स क्लब अर्घाखाँचीले राहत सहयोग गरेको छ ।
अर्घामा केही दिन पहिले ज्यान गुमाएका अति विपन्न स्वर्गीय टेकबहादुर नेपाली( बुर्सुली )को परिवारलाई हिन्दु परम्परा अनुसार निजको किरिया खर्चमा प्रयोग गर्नको लागि राहत स्वरुप रासन लगायतका सहयोग उपलब्ध गराएको छ । गठन भएको एक महिना नपुग्दै क्लबले पहिलो राहत सहयोग कार्यक्रम सम्पन्न गरेको हो ।
अस्तीमात्रै सम्पन्न क्लबको पहिलो बैठकले लिएको निर्णय अनुसार हाल किरियामा रहनुभएका नेपालीका परिवारमा १३ ओैँ दिनको कर्म गर्न समेत आर्थिक अभाव भएपछि क्लवको तर्फबाट खाद्यान्न लगायतका बिबिध सहयोग गरिएको हो ।
उक्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट लायन हरिप्रसाद भुसाल, प्रथम,द्वितीय र तृतीय भाइस प्रेसिडेन्टहरू क्रमश: लायन प्रकाश परियार, लायन कृष्ण पौडेल र लायन कृष्ण भुसाल, सेक्रेटरी लायन सागर पाँडे, सहसचिव लायन प्रेम कुमार थापा, कोषाध्यक्ष लायन मिरा केसी सेजवाल, सहकोषाध्यक्ष लायन कृष्ण प्रसाद भुसाल , डाइरेक्टर द्वय लायन चोपनारायण बन्जाडे र लायन नारायण खनालका साथै लायन प्रदिप आचार्यको उपस्थिति थियो । उक्त राहत सहयोग हस्तान्तरण कार्यक्रममा क्लबका प्रेसिडेन्ट , सह कोषाध्यक्ष र स्थानीय समाजसेवी बलबहादुर रायमाझीले मन्तव्य राख्नुभएको थियो ।
स्वर्गीय नेपालीको छाप्रोमा ढोकासम्म पनि नभएको देखिएकोले लायन कृष्ण भुसालबाट ढोकाको लागि थप रकम सहयोग गर्नुभएको थियो । स्थलगत निरीक्षण गर्दा अत्यन्तै दयनीय अबस्थामा रहेको परिवारलाई क्लबको तर्फबाट पहिलो सहयोग गर्न सकेकोमा क्लबको छनोट सहि भएको निष्कर्ष निकालिएको थियो ।