हरि कुँवर
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नं ५ बाँगीको कर्नामारेका आगलागी पिडित खिम बहादुर चुदालीलाई अर्घाखाँची सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ।
गत चैत २०७७ /१२ /०७ दिन आगोलागीबाट चुदालिको चौपाया सहित घर र गोठ पूर्णरुपमा नष्ट हुँदा ठुलो धनको क्षति भएको दुखद खबर पीडितका छिमिकी अर्घाखाँची सेवा समाजका कार्यसमिति सदस्य बोम बहादुर बस्नेतले संस्थाका टेकराज थापालाई सहयोगको लागि जानकारी गराएका थिए।
समाजले मानवीय सेवा नै धर्म हो भन्ने उदेश्ले बिभिन्न समयमा प्रवासमा मात्र नभएर स्वदेशमा पनि सहयोग गर्दै आएको छ। द्वय संस्थाका कोषाध्यक्ष नेत्र प्रसाद आचार्य र बोम बहादुर बस्नेतको सकृयातामा कार्यसमितिहरुबाट रकम संकलन गरि कतारी रियाल १२४५ नेपाल पठाएको थियो ।
उक्त रकम हस्तान्तरण क्रममा समाजले देशमा आईपर्ने दैविक प्रकोपमा २०१२ दार्चुला जिल्ला महाकालीमा आएको बाढी होस् २०७२ सालको भूकम्प होस् विश्वव्यापी रुपमा फैलिरहेको कोभिड -१९ कारणले देशमा सेलेण्डरको अभावमा हो आर्थिक अभावको कारण अस्पतालमा उपचारको लागि छटपटाइ रहेका असाय पिडितहरुको लागि होस् बिभिन्न समयमा आर्थिक सहयोग गर्दै आएको इस्मरण गराउदै प्रवासमा पनि समाज संघ संस्थाहरु संघ हातेमालो गर्दै भइ परि आउने बिभिन्न समस्याको सहजीकरण गर्दै आइरहेको संस्थाका संरक्षक क्रान्ति सिंहले बताए ।
संस्थाका संरक्षक क्रान्ति सिंह र पुर्व सह कोषाध्यक्ष राज कुमार श्रेष्ठले आगोलागी पिडित खिम बहादुर चुदलिलाई स्थानीय मालारानी गाउँपालिका वडा ५ का अध्यक्ष शोभाखर भुसालको समउपस्थितिमा नेपाली रकम ४०,४०० ( चालिस हजार चारसय नेपाली उहानको रोबरमा २०७८। ०४। १६ दिन हस्तान्तरण गरिएको छ। उक्त राहत वितरण कार्यक्रममा स्थानीय हेनारी बस्नेत, बिनोद बस्नेत, सन्तोष बस्नेत, लगाएतको उपस्थिति रहेको थियो।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उपस्थिति हुनुहुने सबैलाई समाजका अध्यक्ष टेकराज थापाले समाजको तर्फबाट हृदय देखि नै धन्यवाद प्रकट गरेका छन्।