रमेश विक
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कम्पनिले झन्डै ७ महिना भन्दा बढी वेतलवी बिदा दिएर राखेपछी साउदी अरवमा लुम्विनी अचंलका १४ सहित २४ जना नेपाली कामदार अलपत्र परेका छन । साउदीको (टोपाज गल्फ) नामक कम्पनीले तलव नदिई कामबाट निकाले पछी साउदी स्थित जुवेलमा नेपाली युवा हरु अलपत्र परेका हुन् ।
जुवेल स्थीत एउटा सानो कोठामा १४ जना बसेर नेपाली दुतावास लाई गुहारी रहेका छन। अर्घाखाँचीको मालारानी गाउँपालीका वाड न ५ बाँगीको आरुखोर स्थाई घर भएका पिडीत नेत्र बस्नेतले मुद्दाको फैसला कामदारको पक्षमा आएपनि कम्पनीले पैसा र एक्जिट भिसा नपाएको बताए । उनका अनुसार साउदी स्थित नेपाली दुतवास लाई निवेदन सहीत कम्पनी वाट आफुहरुको पाउनु पर्ने तलव, निकासा र स्वदेश पठाइ दिन आग्रह गरे । दुतवासले ३ महिना पहिला रासन दिन्छौ तपाइहरु बस्नुस् हामीले छिटै नेपाल जाने व्याबस्था मिलाउछौ भनेको थियो तर अहिले सम्म पठाउन सकेन पटक पटक फोन गरेर जानकारि गराउदा पनी वास्ता गरदैन करिब ४ महिना देखी एउटै सानो कोठामा १४ जना बस्नु पर्दा सास सम्म फेर्न गाहो्र हुने बस्नेतले बताए ।
आफुसंग भएको थोरै धेरै पैसा पनि सकियो आज तिन दिन भयो खाना नखाएको धन कमाउने सपना देखेर आएको अन्न खान नपाएर मर्ने अबस्था आउन थाल्यो दुख सुनाउदै बस्नेतले भने । बाकी १० जना भने अन्यत्रै कोठा लिएर बस्छन् । उनि हरुको पनि अवस्था हामीहरुको जस्तै छ नेपाल आफै टिकट काटेर आउ पैसा छैन कम्पनीले पैसा दिएन साउदी स्थित नेपाली दुतावासले पनि वास्ता गरेन नेपाल बाट केही पहल हुन्छ की भनेर पुर्व उपप्रधान मन्त्री टोप बहादुर रायमाझी, प्रतिनीधी सभाकी प्रदेश सचेतक निर्मला क्षेत्री, पुर्व रास्ट्रिय सभा सदस्य उज्जवल, उर्जा तथा जल श्रोत मन्त्री पम्फा भुसालहरुलाइ फोन गर्दा पनी समस्याको समधान नभएको यूवा हरुको गुनासो छ । बस्नेतका अनुसार साउदीमा प्रयोग हुने अकमा काड कम्पनीले नविकरण नगरिदीएपछी उनिहरु जवाज अदालत पुगेका थिए ।
अदलतले नविकरण गर्न र सम्पूर्ण तलव दिन आदेश दिएपनि कम्पनीले आदेश पालना नगरेको यूवाहरुको भनाइ छ । दाङ्ग स्थाइ घर भएका अर्का यूवा अमर चौधरीका अनुसार दुतावास लाइ फोन गर्दा उल्टै हामीलाइ फोन नगर्नु भन्दै फोन काट्ने गरेको गुनासो गर्छन् । (साउदी बाट नेत्र बस्नेतको सहयाोगमा)