अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाकी एक महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ ।
किमडाँडाकी ६७ वर्षिया बृद्धाको सोमबार कोरोना संक्रमणको कारण निधन भएको हो ।
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ७३ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२ जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १२, मालारानी गाउँपालिकामा १३, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
सोमबारको कोरोना विवरण यस्तो छ: