खनमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) को अगुवा कार्यकर्ता भेला प्रशिक्षण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।    
खनमा माओवादी केन्द्रको अगुवा कार्यकर्ता भेला प्रशिक्षण तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । 
साथै भेलाले रामकृष्ण बिकको अध्यक्षतामा १७ सदस्यीय समिती गठन गरेको छ । समितीको उपाध्यक्षमा बनिता खनाल, सचीवमा बाबुराम खनाल, कोषाध्यक्षमा राजु बि. क रहेका छन् । 
कार्यक्रममा नेकपा( माओवादी केन्द्र ) जिल्ला कार्यालय सदस्य राजेन्द्र भुसालको प्रमुख आथित्यता, पार्टीका पालिका इन्चार्ज एम.बि पाण्डे, अध्यक्ष पदम क्षेत्री,  योङ्ग कम्युनिस्ट लिग जिल्ला सयोजक प्रकाश खनाल  लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।