अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको श्री शान्ति माध्यमिक बिधालयमा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बाँगीको श्री शान्ति माध्यमिक बिधालयमा नेनाज फाउन्डेसनले गरिब तथा जेहेन्दार छात्रा छात्रहरुलाई छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न गरेको हो ।
नेनाज फाउन्डेसनले गरिब तथा जेहेन्दार हरेक छात्रा छात्रहरुलाई वार्षिक १०,००० का दरले वितरण कार्यक्रम अनुसार दोस्रो र तेस्रो किस्ता अनुसार सात जना छात्र छात्राहरुलाई रु ५००० का दरले छात्रवृत्ति वितरण गरेको थियो ।
छात्रवृत्ति कोष संचालक समितिका अध्यक्ष खिमानन्द पन्थीका जेष्ठ सुपुत्र तथा शान्ति मावीका सहायक प्रधानाध्यापक माधवप्रसाद पन्थीले विवरण गर्नुभएको थियो ।
कार्यक्रममा वार्ड अध्यक्ष तथा संस्थाका सह सचिव सोभाकर भुसाल, मानबहादुर पान्डे, ताराप्रसाद भुसाल, जीवन खनाल, मिना महत लगायतको उपस्तिथि रहेको थियो ।
नेनाज फाउन्डेसन नेपाल २०७२ बाँगी गुरासे निवासी (हाल अष्ट्रेलिया) शिक्षा प्रेमी तथा समाजसेवी नारायण प्रसाद पन्थीले स्थापना गर्नुभएको हो। उक्त फाउन्डेसनले सुरुका बर्षदेखि हालसम्म बाँगीका बिधालयहरुमा अध्ययनरत अति बिपन्न तथा गरीव बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ।
छात्रवृत्तिले बिद्यार्थीको पठनपाठनमा ठुलो टेवा पुग्ने फाउन्डेसनको भनाई रहेको छ ।