अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालीमा बाँदरले मकै बाली खाएर सखाप पार्न थालेको छ ।
केही दिनदेखि सयौको हुलमा आएको बाँदरले पालीका विभिन्न गाउँमा लगाएको मकै बाली खाएर सखाप गरेको हो ।
मकैमा पहिलो चरणको हारी मात्र लागेकाले पनि बाँदरले धेरै मकैको बोट भाँच्ने गरेको स्थानियबासीको भनाई छ । हुलमा आएको बादर धपाउन स्थानिय बासिन्दालाई समस्या भएको छ । हिउँद भरी दुख गरी लगाएको बाली फल्ने बेलामा सखाप पारेपछि स्थानिय कृषक चिन्तित बनेका छन् ।
मकैबालीमा बाँदरले क्षति गरेपछि स्थानीयवासीले गाउँपालिका तथा वार्ड कार्यालयसँग गुनासो गरेका थिए ।
गाउँपालिका तथा वार्ड कार्यालयले बाँदरले मकै बाली नष्ट गरेको भन्दै बाँदर धपाउने यन्त्र खरिद गरि किसानलाई वितरण गर्ने बताएको छ ।