माधव बेल्वासे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेकमा आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीले कोरोना भाइरसबाट संक्रमित भएका व्यक्तिहरुलाई घरमै पुगि रोग प्रतिरोधात्मक क्षमता बढाउने औंषधीहरु बितरण गरेको छ।
केन्द्रले बिहीवार अड्गुरीको झन्द्रेकमा कोरोना भाइरसबाट संक्रमित १९ जना मानिसहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औंषधिहरु अस्वागन्धा चुण्, जेठीमधु चुण्, सितोपलादी चुण्, गुड्की चुण् लगायतका औंषधिहरु बितरण गरेको हो ।
केन्द्रको टोलीसँग नेपाल पत्रकार महासँघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति अशोक खनाल सन्क्रमितहरुको अवस्था बारे जानाकारि लिन पुग्नुभएको थियो ।
उहाँले उच्च मनोबल नै कोरोनाको प्रमुख औषधि भएको भन्दै धैर्यताका साथ रहन साथै सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको थियो ।
केन्द्रका निमित्त कार्यलय प्रमुख कबिराज कमलप्रसाद आचार्यले औषधि वितरण गर्दै कोरोना सँगको युद्धमा जित निश्चित भएको भन्दै नआत्तिन र संयम रहन आग्रह गर्नुभएको थियो ।
साथै उहाँहरुले योग प्रणायम मार्फत पनि आफुलाई स्फुर्त राख्न सकिने बताउनुभएको थियो ।
केन्द्रका निमित्त कार्यलय प्रमुख कबिराज कमलप्रसाद आचार्य, नेपाल पत्रकार महासँघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सभापति अशोक खनाल साथै केन्द्रका ल्याबटेक्निसियन शुभाष शाहि लगायतको उपस्थिति रहेको थियो ।
समस्यामा परेको बेला घरमै आएर परामर्श तथा औषधि वितरण गरेकामा संत्रमितहरुले उहाँहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।