चुत्राबेसीको भन्द्रीखोलामा बस्ती निर्माणपछि १३ बादी घरपरिवारले लालपूर्जा पाए


सागर महत 
चुत्राबेसी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ चुत्राबेसीको भन्द्रीखोलाको जगंलमा बस्दै आएका १३ बादी परिवारलाई बस्ती निर्माण गरिएको छ ।
करिव ३७ वर्ष अघिदेखि त्रिपाल र टिनले छाएका टराहामा बस्दै आएका बादी समुदायको परिवारलाई लुम्बिनी प्रदेशको नता आवास कार्यक्रमको सहयोगमा सन्धिखर्क नगरपालिकाले बस्ती निर्माण गरिदिएको हो ।
प्रदेश सरकारको ४३ लाख ६८ हजार र नगरपालिकाको ११ लाखको बजेटमा बस्ती निमार्ण गरी बादी परिवारलाई लालपूर्जा दिइएको हो । दुई कोठे घरमा शौचालय, विद्युत् खानेपानी लगायतको सुविधा रहेको छ ।

अन्य समाचारहरु