अर्घाखाँचीडट्कम संवाददाता
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष टेक नारायण पाण्डेलाई सरकारले गृहसचिवको जिम्मेवारी दिएको छ ।
सोमबार वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो ।
छत्रदेव वार्ड नम्बर ७ साविक भगवतीमा जन्मिएका पाण्डे गत २०७८ ज्येष्ठ १४ गते शुक्रवार अर्घाखाँची राष्ट्रसेवक समाजको अध्यक्ष पदमा नियुक्ती भएका थिए । उनी २०७६ फागुनमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवमा बढुवा भएका थिए ।