नरपानीका ७४ वर्षिय वद्धको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ६ नरपानीका एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।
नरपानी
नरपानीका ७४ वर्षिय वद्धको कोरोना संक्रमणका कारण आज मंगलवार निधन भएको हो । उनको युनिभर्सल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल भैरहवामा निधन भएको थियो । 
थप उपचारको लागि भैरहवामा लगिएकी उनिलाई  निमोनियाका साथै श्वास-प्रस्वासमा समस्या थियो ।    
यस्तै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ८० जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २६  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित १४, मालारानी गाउँपालिकामा १३,  पाणिनी गाउँपालिकामा ९   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।
मंगलवार जिल्लाको कोरोना विवरण यस्तो छ: 

अन्य समाचारहरु