अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यको ३ महिना ७ दिनमा मन्त्री पद गुमेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि कानुन मन्त्री चेतनारायण आचार्यको पद गुमेको हो ।
अर्घाखाँची जिल्लाका नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेश सभाका सदस्य रहेका आचार्य गत वैशाख २१ गते मंगलवार लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए । उनलाई मुख्यमन्त्री पोखरेलले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका थिए ।
२०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा एमाले)बाट अर्घाखाँची प्रदेश सभा क्षेत्र नम्बर १ सदस्यमा आचार्य विजयी भएका थिए । आचार्यले नेपाली कांग्रेसका उम्मेदवार बिष्णु प्रसाद खनाललाई १०,६१४ मन्तारले जितेका थिए । वाम गठबन्धनका उम्मेदवार आचार्यले २४,७५१ मत पाएका थिए । भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खनालले १४,१३७ मत पाएका थिए । अर्घाखाँचीडट्कम
मन्त्री आचार्यको बारेमा:-
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ साविक अर्घा – ३ को अधेरीमा वि.स २०२५ साल जेष्ठ २५ गते बुवा टिकाराम आचार्य र माता तारादेवी आचार्यका माइलो छोरा हुन् । बुवा स्व. टिकाराम नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीका संस्थापक सदस्य थिए । साथै कानुनमा स्नातक तह पढेका आचार्य भुमिगत राजनीति २०४० सालबाट शुरु भएको थियो । यस्तै २०४४ – २०६६ सालसम्म जिल्ला कमिटी सचिव, २०६६ – २०६९ सालसम्म अञ्चल कमिटी सचिवालय सदस्य थिए । र २०७० सालदेखि हालसम्म एमाले जिल्ला कमिटी अध्यक्ष रहेका छन् । साथै आचार्यका परिवारमा श्रीमती दिपा पन्थी आचार्य र छोरा डाक्टर सुबाष आचार्य र छोरी डाक्टर सुप्रभा आचार्य रहेका छन् । साथै आचार्य २०७८ वैशाख २१ गते बुधवारदेखि २०७८ साउन २७ गतेसम्म ३ महिना ७ दिन लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए ।
अर्घाखाँचीका चेतनारायण आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त