अर्घाखाँचीमा नेपाल माक्स अभियान शुरु (भिडियो, फोटो सहित)


अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता माक्स लगाउनु नै हो आजको आबस्यकता  भन्ने नाराका साथ नेपाल माक्स अभियान शुरु भएको छ ।  स्वास्थ कार्यालय अर्घाखाँचीको आयोजनामा यो अभियान शुरु भएको हो।
बुधबार सन्धिखर्कको शान्ति बगैंचाबाट शुरु अभियानले सन्धिखर्क बजार एरियाको विभिन्न गल्ली गल्लीहरुमा सचेतना अभियान संचालन गर्दै माक्स हरु बितरण गरेको थियो ।
अभियानमा निमित्त प्रमुख जिल्ला अधिकारी बिक्रम थापा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल प्रहरी नायब उपरीक्षक अम्बर बहादुर थापा क्षेत्री स्वास्थ कार्यालय अर्घाखाँचीकी प्रमुख पुस्पा थापा लगायतको सहभागिता रहेको थियो ।
अभियान अन्तरगत स्वास्थ कार्यालय अर्घाखाँचीले सन्धिखर्कको तीन ठाउँ स्वास्थ कार्यलय परिसर ,शान्ति बगैंचा चोक र चुत्राबेसीको भक्तिटोलामा माक्स बैंक स्थापना  गर्नुका साथै कोबिड -१९ को महामारीबाट शुरक्षित रहन स्वास्थ र शुरक्षा सम्बन्धि जनचेतना अभियान चलाइने स्वास्थ कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बिजय बरालले बताएका छन् ।