नरपानीमा प्रहरीद्धारा कपिलवस्तु तर्फ लैँजादै गरेको अवस्थामा ७ भैसी सहित चालक पक्राउ


अर्घाखाँचीडट्कम संवाददाता 
नरपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा    अवैध रूपमा कपिलवस्तु तर्फ लैँजादै गरेको अवस्थामा भैंसी सहित चालकलाई प्रहरीले प्रकाउ गरेको छ । 
नरपानीको चेकपोइन्टमा  बुधवार अपरान्ह ४ बजे प्रदेश नं. २०३-००१ ख १५६३ नं.को मिनि ट्रकमा ७ वटा स्त्री जातको भैँसी लोड गरी अवैध रूपमा कपिलवस्तु तर्फ लैँजादै गरेको अवस्थामा प्रहरीले प्रकाउ गरेको हो । 
प्रहरी नियन्त्रणमा लिएको भैंसी सहित गाडीलाई सन्धिखर्क नगरपालिकाको कार्यालय बुझाएको थियो । नगरपालिकाले रु.२०,०००।– (बिस हजार) जरिवाना गरी भैँसी सहितको सवारी साधनलाई छोडेको बताइएको छ । 

अन्य समाचारहरु