जुकेनाका एक युवा पैसा नभएको बैंकको चेक दिएको आरोप पक्राउ, १५ दिन कैद र ५० लाख जरिवाना


अर्घाखाँचीडट्कम संवाददाता 
काठमाडौं (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड  नं.५ जुकेनाका एक युवा बैंकिङ कसूरको मुद्दामा परेका छन् । 
बैंकिङ कसूरको मुद्दामा फरार रहेका जुकेनाका ३५ वर्षिय कासीराम भुसाल बुधवार परेका हुन् । उनी काठमाडौंको चन्द्रागिरी नगरपालिका वार्ड नं.६ मा बस्दै आएका थिए । 
भुसाल उच्च अदालत पाटनले २०७७/१०/०४ गते उनलाई १५ (पन्ध्र) दिन कैद र ५०,००,००० (पचास लाख) रुपैयाँ जरिवाना सुनाएको थियो । त्यसपछि उनि फरार रहेका थिए । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी ग्लोबल आइएमई बैंकको चेक काटी दिई बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर भएको थियो । 
प्रहरीका अनुसार उनलाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको छ ।  

अन्य समाचारहरु