अर्घाखाँचीडट्कम संवाददाता
असुरकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड ५ असुरकोट र ६ खिल्जीमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
देश विदेशमा रहेका युवाहरुको पहलमा असुरकोटको स्वास्थ्य चौकी र खिल्जीको उपस्वास्थ्यचौकीमा कार्यरत महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।
असुरकोटको स्वास्थ्य चौकीमा एकथान बेड, सेनिटाइजर, पिपीइ, अक्सोमिटर, थर्मल गन, बिपी सेट, माक्स, कफ सिरप, ग्लोभ्स, भिटामिनहरु, लगायतका सामग्रीहरु सहयोग हस्तान्तरण गरिएको छ ।
यस्तै खिल्जीको उपस्वास्थ्यचौकी एक डेलिबरी बेड, एक थान डप्लर, केहि थान थर्मल गन, थर्म मिटर, माक्स, स्कृन ( पर्दा), अक्सिमिटर, ग्लोब्स, भिटामिन सि.डी, मल्टिभिटामिन, सिटामोल , बिपी सेट, कफ सिरप लगायत सामाग्रीहरु सहयोग हस्तान्तरण गरिएको छ ।
साथै प्रहरी चौकी खिल्जीलाई पनि माक्स, सेनिटाइजर लगायतका सामाग्री प्रदान गरिएको थियो ।
असुरकोटको स्वास्थ्य चौकी र खिल्जीको उपस्वास्थ्यचौकीमा कार्यरत ३१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई थर्मोमिटर, झोलामा- अक्सोमिटर, माक्स, सेनिटाईजर, ग्लोभ्स र औषधीका प्याक एक एक थान सहयोग विवरण गरिएको थियो ।
तस्बिर: सन्जय गैरे, फेसबूक