ढिकुरामा कुरा बाहिर लगेको भन्दै सहकारीका पदाधिकारीले किसानलाई धम्क्याउन थाले


लक्ष्मण घिमिरे 
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा सहकारीका पदाधिकारीले किसानलाई धम्क्याएको खुलासा भएको छ ।
ढिकुरा
केही दिनदेखी किसानले पाउनु पर्ने भुक्तानी नपाएर विवाद चलिरहँदा सहकारीका पदाधिकारीले किसानलाई कुरा बाहिर नलैजान र चुप लाग्न भन्दै धम्की दिएका हुन् । भुमिकास्थान-९ ढिकुराको महाभारत कृषी सहकारी संस्थका पदाधिकारीले नै कृषकलाई फोन गरेर धम्क्याउने गरेको किसानले गुनासो गरेका हुन् । ‘तेरो भैंसी लिएर आईजा, कती हो मुल्य ? अन्त-अन्त कुरा गर्ने ? हामीले अरुलाई दिन्छौं ।’ एक किसानले भने ।
बिमा बापतको रकम पनी हिनामिना भएको किसानले गुनासो गरेका छन् । ‘बिमाको रकम पनी समान वितरण भएको छैन,नाम नभन्ने शर्तमा एक किसानले भने,‘कसैलाई कती कसैलाई कती दिईएको छ ।’ किसानसंग बिमा बापतको रकम छुट्ट्रै उठाईएको पनी छ । सहकारीहरुले किसानलाई ठगेर रकम उठाएको देखिन्छ । गत आर्थिक वर्षको ‘भैंसी प्रवर्धन’ कार्यक्रम अन्तर्गत किसानले पाउनु पर्ने रकममा सहकारीहरुले चलखेल गरेपछी कुरा बाहिर आएको थियो ।
रकम थोरै पाएपछी गुनासो गरेका कृषहरुलाई दिएका भैसी फिर्ता गराउने भन्दै धम्क्याउने, तर्साउने गरेको पिडितहरुको गुनासो छ । स्थानिय दलका प्रतिनिधीहरु समेतको मिलमतोमा कृषकहरुलाई धम्क्याउने गरेका हुन् । यहाँ भन्दा अँघी कृषकलाई उत्पादनका आधारमा अनुदान वितरण गर्ने कुरामा पनी अनियमितता भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।
नगरपालिकाले एउटा भैसीको मुल्य ७२ हजार निर्धारण गरेको थियो । निर्धारण गरेको मुल्यको ५० प्रतिशत किसाले पाउनु पर्ने हुन्छ । यसरी एक जना कृषकले ३६ हजार रुपैयाका दरले रकम पाउनु पर्ने हुन्छ । तर, नगरले सहकारी मार्फत वितरण गरेको रकम कृषकले घटाएर पाएका छन् । कृषकले प्रतिव्यक्ती ३० हजारका दरले मात्र रकम बुझेको बताएका छन् । प्रतिव्यक्ती ६ हजारका दरले सहकारीले रकम काटेर कृषकलाई बुझाएका छन् ।
यस बिषयमा नगरपालिकालाई सबै कुरा थाहा भएपनी चाँसो देखाएको छैन । सबै कुरा चाल पाएपनी नगरपालिका कृषकका गुनासोमा उदासिन देखिएको हो । अनियमितता भएको खबर पाएको एकसाता हुँदा समेत नगर मौन बसेको हो । सम्बन्धित निकाय चुप रहँदा सहकारीका पदाधिकारीहरु किसानलाई धम्क्याएर चुप गराउने तिर लागेका छन् ।

अन्य समाचारहरु