खाँचीकोटका खोप केन्द्रमा १८० जनाले दोस्रो मात्राको कोरोना विरुद्धको भेरोसेल खोप लगाए (फोटो सहित)


केशब घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटका  खोप केन्द्रमा १८० जनाले कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाएका छन् । 
खाँचीकोटका खाँची मैदान स्वास्थ्य चौकी र फर्ज्याङ्गखोला खोप केन्द्रमा हिजो साउन २८ र २९ गते गरी १८० जनाले कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’ को दोस्रो मात्राको खोप लगाएका हुन् । यहाँ भने पहिलो डोज ३० जनाले लगाएका छन् । जसमा जम्मा पहिलो र दोश्रो गरि २१० जनाले लगाएका छन् ।   
हिजो खाँची मैदान स्वास्थ्य चौकी खोप केन्द्रमा कोरोना विरुद्धको चाईनिज खोप ‘भेरोसेल’   ६५ जनाले लगाएका थिए । 
यस्तै आज खाँचिकोट फर्ज्याङ्गको गाँउ घर किल्निकमा ११५ जनाले दोश्रो डोज भेरोसेल खोप लगाएका थिए । खोप लगाउनेमा पहिलो डोज लगाएका स्कुल, बोडिङ्ग शिक्षक, ५० बर्ष माथि लगायतका रहेका छन् । 

अन्य समाचारहरु