ठाडा र नरपानीमा प्रहरीको सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिलाको शितगंगा नगरपालिका वार्ड नं. ३ ठाडा र  सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानीमा प्रहरीको सवारी दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको छ । 
ठाडा र नरपानीमा शनिबार प्रहरीको सवारी दुर्घटना न्युनिकरण र कोरोना भाईरस सम्बन्धी सचेतनामुलक प्रशिक्षण सम्पन्न भएको हो । 
ठाडा स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट ठाडा र ईलाका प्रहरी कार्यालय ठाडा खटिएको संयुक्त चेकिङ टोली , नरपानी स्थित अस्थाई ट्राफिक प्रहरी पोष्ट नरपानी र प्रहरी चौकी नरपानीबाट खटिएको संयुक्त चेकिङ टोलीले बिभिन्न सवारी साधनका चालक,सह-चालक र सडकमा हिड्ने पैदल यात्रु गरी २ स्थानमा अन्दाजी ४० जनालाई सडकमै जम्मा गरी सवारी दुर्घटना न्युनिकरण,हाल बिश्ब महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिएको थियो । 
साथै कार्यक्रममा मास्क समेत बितरण गरीएको थियो ।