अर्घाखाँचीमा माओवादी केन्द्रको जिल्ला समिति खारेज | अब जिल्ला समन्वय समिति


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेकपा माओवादी केन्द्र अर्घाखाँची जिल्ला समिति खारेज भएको छ । 
नेकपा माओवादीको केन्द्रीय समिति बैठकले आइतबार जिल्ला समितिहरु खारेज गर्ने निर्यण गरे अनुसार अर्घाखाँचीमा पनि जिल्ला समिति खारेज भएको हो । 
साथै अर्घाखाँची जिल्ला समिति खारेजपछि अब जिल्ला समन्वय समिति बनाईने भएको छ ।  सर्वोच्च अदालतको आदेशले  माओवादी केन्द्र ब्युँतिएपछि जिल्ला संयोजक ठाकुर कुमार बिक किशोर रहेका थिए ।
पार्टी संरचनामा फेरबदल गर्दै जिल्ला समन्वय समिति बनाउने निर्णय भएको छ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा रहेको छ।      
अर्घाखाँचीमा माओबादी केन्द्रको पार्टी कार्यालय पुन: स्थापना (फोटो सहित)