धादिङ र झापामा भएको दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते

 

धादिङ झापा । गए राति धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मुत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दुर्घटनामा बसमा सवार सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको हो ।
उनको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घाइते मध्ये भक्तपुरका बस चालक ३८ वर्षीय विजय प्रजापति, सोलुखुम्बुकी १८ वर्षीया सोनु कुलुङ र पोखराका ४८ वर्षीय डिबी गुरुङको अवस्था गम्भीर रहेको छ । उनिहरुको उपचार ट्रमा सेन्टरमा भैरहेको छ ।
उता, झापाको बाह्रदशी गाउँपालिका सिमल चोकमा कारको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
कारको ठक्करबाट ३२ वर्षीया सरस्वती मगरको मृत्यु भएको हो । स्कुटर चालक स्थानीय २८ वर्षीया प्रमिता कार्की घाईते भएकी छन् । उनको झापा स्थित विएडसी अस्पतालमा उपचार भैरहेको छ । च्यानल नेपालमा समाचार छ ।