शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला कारागारका बन्दीहरुलाई समाजसेवी बेदराज घिमिरेले पौष्टिक खानेकुरा तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको छ ।
उहाँले कारागारका कोभिड संक्रमित तथा अन्य बन्दिहरुको स्वास्थ्य सुधारको लागि च्यावनप्रास,अण्डा,माक्स लगायतका सामग्री उपलब्ध गराउनु भएको हो ।
पाणिनी गाउँपालिका मैदान घर भई सन्धिखर्कमा बसोबास गर्दै आउनु भएका घिमिरेले स्वर्गीय वुवा चेतनारायण घिमिरेको २९ औं बार्षिक पुण्य तिथिको अवसर पारी उक्त सामाग्री उपलब्ध गराउनु भएको थियो ।
सामाग्री हस्तान्तरण गर्दै प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले कारागारका बन्दीहरुको जिबन रक्षा प्रति राज्य उदासीन भएको बताउनु भयो । उहाँले कारागारमा रहेका अधिकाम्स बन्दिहरु कोभिड संक्रमित हुनु निक्कै गम्भीर सोंचनीय विषय भएको भन्दै बन्दीहरुको औसधि उपचार ,खानपिन र अन्य व्यवस्थापनमा बिशेष ध्यान पुर्याउन राज्यको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले समाजसेवी बेदराज घिमिरेले बिभिन्न समस्यामा परेका दाजुभाइ दिदी बहिनीहरुलाई सहयोग गरेर पुण्य कमाएको समेत बताउनुभयो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी द्वय बिक्रम थापा, बिनोद खनाल ,जिल्ला कारागार कार्यालयका प्रमुख नुमलाल पन्थी ,समाजसेवी बेदराज घिमिरे , नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल , प्रेस चौतारी नेपालका लुम्बिनी प्रदेश संयोजक शोभाखर पन्थी ,लेखनाथ घिमिरे ,अमृता घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
समाजसेवी घिमिरेले जिल्ला आईपरेका प्राकृतिक प्रकोप ,रोग तथा महामारी र अन्य कारणबाट बिचल्लीमा परेकाहरुलाई सहयोग गर्दै आउनु भएको छ । यस अघि पनि उहाँले अर्घाखाँची अस्पतालमा कोरोना संक्रमित भई भर्णा भएका बिरामीहरुको एक महिनाको खाना खर्च व्यहोर्नु भएको थियो ।
यसैबीच कारागारमा रहेका बन्दिहरुले कारागार प्रशासनबाट राम्रो सहयोग पाएको भएपनि कारागार भवन निक्कै जिर्ण र सानो भएको भन्दै आफ्ना समस्या बारे सांसद घिमिरेको ध्यानाकर्षण गराएका छन् ।